एआइजीको दरबन्दी नथप्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन
काठमाडौँ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीमा दरबन्दी थप गर्ने निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सो समितिले बुधबार प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको छलफलमा समितिले दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देश गरेको जानकारी दिइन ।
गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजी र पाँच डिआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । सरकारको त्यो निर्णयपछि नेपाल प्रहरीको चेन अफ कमाण्ड बिग्रिने भन्दै विरोधसमेत भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया