शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

उपत्यकामा भदौ ३१ गतेसम्म निषेधाज्ञा, रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न पाउने

फाइल तस्बिर

काठमाडौँ- कोभिड संक्रमणको जोखिम बढेको भन्दै बन्द रहेका काठमाडौँ उपत्यकाका रात्रीकालीन व्यवसाय अब भने पुन: खुल्ने भएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाहरूको संयुक्त बैठकले निषेधाज्ञा थप गर्दै रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न दिने निर्णय गरेको हो ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अहिले जारी निषेधाज्ञा केही खुकुलो गर्दै भदौ ३१ गतेसम्म लम्ब्याइएको छ ।  

'सर्वसाधारण, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यवासायिक गतिविधि सञ्‍चालन गर्दा अनिवार्य स्वास्थ्यको मापदण्ड गर्नुपर्छ,' उनले भने,' जनस्वास्थ्यको मापदण्ड पालना गरिएको नगरिएको त्यस विषयको अनुगमन गरिन्छ ।'

विद्यालयमा पठनपाठन गर्न नपाउने र गर्नुपर्ने भएमा नेपाल सरकारको स्मार्ट लकडाउनको मापदण्डअनुसार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ ।