बुधबार २७ चैत, २०८१
Wednesday, April 09, 2025

कांग्रेसले काठमाडौँका पाँच ठाउँबाट एकसाथ जुलुस सुरु गर्ने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंका पाँच ठाउँबाट जुलुस सुरु गर्ने भएको छ । शुक्रबार जिल्ला कार्यसमिति बैठकले मंसिर २९ मा देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्तरगत काठमाडौंका पाँच ठाउँबाट जुलुस सुरु गर्ने निर्णय गरेको जिल्ला सभापति सबुझ बानियाँले बताए । उनकाअनुसार पाँच ठाउँबाट सुरु भएको जेलुस १ बजे शान्ति बाटिकामा सभामा परिणत हुनेछ ।

भृकुटीमण्डप, पुतली सडक चोक, लैनचौर, बसन्तपुर, शहिदगेटबाट जुलुस सुरु गर्ने कांग्रेसले जनाएको छ । पाँचै क्षेत्रबाट रत्नपार्क पुगेको जुलुस बागबजार, पुतलीसडक कमलादी हुँदै शान्तिबाटिकामा गएर सभामा परिणत हुनेछ । जिल्ला कार्यसमितिले १० वटै क्षेत्रीय समिति, नगर समिति, भ्रातृ तथा शभेच्छु संस्थालाई आवश्यक तयारीका साथ उपस्थित हुन भनेको छ ।