लिभरपुलले भीएआरको निर्णय माथि रिभ्यू माग गर्ने

एजेन्सी : प्रिमियर लिगमा यसपटकको मर्सिसाइड डर्बी विवाद रहित रहेन । लिभरपुल र एभरटनबीचको खेल २-२ को बराबरीमा सकिएसँगै भीएआरले दिएको निर्णय माथि ब्यापक बहस भईरहेको छ । यसैबीच लिभरपुलले खेलदौरान भीएआरले दिएको निर्णयहरू माथि रिभ्यू गर्नका लागि निबेदन दिएको छ ।
बिशेषगरी भीएआरले दिएको दुईवटा निर्णय माथि पुर्नबिचार गर्नुपर्ने लिभरपुलको भनाइ छ । खेलको छैठो मिनेटमै एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकमाथि फाउल गरेका थिए । तर रेफ्रीले पिकफोर्डलाई कुनै पनि कार्ड देखाएनन् न त चेतावनी नै दिए ।
भीएआरको जिम्मेवारी पाएका डेभिड कुटले भान डाइक अफसाइड रहेको जनाउ दिएका थिए भने रातो कार्डका लागि रिभ्यू नै गरेनन् । पिकफोर्डको ट्याकलले गर्दा भान डाइकले मैदान नै छाड्नु परेको थियो । लिभरपुलका प्रशिक्षक योर्गन क्लप खेलपछि निकै नै आक्रशित देखिए ।
'हामीले महत्वपूर्ण खेलाडी गुमायौ । भीएआरले उचित निर्णय दिएन,' क्लपले खेल पश्चात भने । जोर्डन हेन्डरसनले खेलको ९२ औ मिनेटमा प्रहार गरेको बल गोलमा परिणत भएको थियो । तर भीएआरले त्यो गोललाई मान्यता दिएन । साडियो माने अफसाइड रहेकाले कप्तान हेन्डरसनको गोल मान्य नभएको बताईएको थियो ।
क्लोपले आफु मिडियासँगको कुराकानी पछि ड्रेसिङ रुममा पुग्दा सबै खेलाडी तथा स्टाफहरू स्तब्ध मुद्रामा रहेको र उनीहरूले आफुलाई ल्यापटपमा भिडियो देखाउदै एभरटनका खेलाडीहरूले गरेको फउल देखाएको बताएका थिए ।
'म भीएआरको समर्थक हो । तर उ बाट आउने गलत निर्णय कसरी सि्वकार गर्ने ?' क्लोपले भने । घाइते भएका भान डाइक र थियागो अल्कन्ट्राको थप स्वास्थ्य जाँच हन बाँकी छ । उनीहरू कति दिन वा महिनाका लागि मैदान बाहिर रहने हुन् भन्ने टुंगो छैन ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया