ब्याकग्राउन्डमा यसरी चलाउनुहोस् युट्युब

काठमाडौँ - हामीमध्ये धेरैंको आफ्नो काम गर्दै युट्युबमा गीत सुन्ने बानी हुन्छ। इन्टरनेट भएको ठाँउमा हुँदा प्रायले युट्युबबाट गीत बजाउने गर्छन्। मोबाइलमा युट्युबमा गीतसँगै भिडियो पनि बजिरहेको हुन्छ।
युट्युबमा भएको गीत बजाउँदा भिडियो पनि सँगै बझ्ने हुँदा हाम्रो मोबाइलको ब्याट्री चाँडै सकिन्छ। अझै कतिपयले त चार्जरमा जोड्दै गीत बजाउने गर्छन्। चार्जमा राखेर गीत बजाउदा मोबाइल अत्यधिक तात्ने भएकाले पड्कन सक्छ। ब्याक ग्राउन्डमा युट्युबका गीतहरूकसरी बजाउने त?
युट्युबले आफ्ना प्रिमियम प्रयोगकर्ताहरूलाई ब्याकग्राउन्डमा युट्युबका भिडियो बजाउने सकिने सुविधा दिएको छ । प्रिमियम प्रयोगकर्ताहरूले यो अन्यलाई प्रयोगकर्तालाई भने यो सुविधा दिएको छैन् । सामान्य प्रयोगकर्ताले कसरी ब्याकग्राउन्डमा युट्युबका गीत बजाउन सकिन्छ त?
युट्युबका गीत ब्याकग्राउन्डमा बजाउन तपाईंले आफ्नो मोबाइलको सानो सेटिङ प्रयोग गर्नुपर्ने हुन्छ । हाम्रो मोबाइलमा भएको सानो सेटिङले गर्दा तपाईंले सजिलै ब्याकग्रराउन्डमा युट्युबका गीतहरू बजाउन सक्नुहुन्छ । कसरी बजाउने त युट्युबलाई ब्याकग्राउन्डमा? यसका लागि तपाईंले कुनै एप्स डाउनलोड गर्नपर्दैन । मोबाइलको ब्याकग्राउन्डमा गीत बजाउन तल दिएको सेटिङ हेर्नुहोस् ।
एन्ड्रोइडमा
- युट्युबलाई ब्याकग्राउन्डमा चलाउन आफ्नो मोबाइलको क्रोम ब्राउजर खोल्नुहोस् ।
- ब्राउजरको माथि भएको तीन डट भएको स्थानमा जानुहोस् ।
- तल तपाईंले डेस्कटप साइड भन्ने अप्सन देख्नुहुन्छ त्यसलाई टिक गर्नुहोस् ।
- एड्रेसबारमा युट्युबको एड्रेस हाल्नुहोस् ।
- आफूले सुन्न चाहेको गीत सर्च गर्नुहोस् ।
- अब आफ्नो मोबाइलको होम बटनमा थिच्नुहोस् ।
- नोटिफिकेसन प्यानल खोल्नुहोस् ।
- तपाईंले बजाउनु भएको गीत पज भएको हुन्छ त्यसलाई प्ले गर्नुहोस् ।
आइओएस् मा
- सर्बप्रथम आफ्नो डिभाइसको सफारी ब्राउजर खोल्नुहोस् ।
- एड्रेसबारमा देखिने डबल 'ए' मा थिच्नुहोस् ।
- स्क्रोल मेनुमा रिक्वेष्ट डेस्कटप वेबसाइड अप्सनमा क्लिक गर्नुहोस् ।
- एड्रेस बारमा युट्युबको एड्रेस राख्नुहोस् ।
- अब सर्चबक्समा गएर आफूले सुन्न चाहेको गीत खोज्नुहोस् ।
- गीत बजाउनुहोस् अनि होम बटनमा थिचेर बाहिर आउनुहोस् ।
- माथी देखिने नोटिफिकेसन प्यानलमा गएर पज रहेको गीत प्ले गर्नुहोस् ।
यसरी बिना प्रिमियम सुविधा सानो ट्रिकले तपाईंले युट्युबलाई ब्याकग्राउन्डमा बजाउन सक्नुहुन्छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया