पुरानो आइफोन बेच्नुअघि यी कुरामा ध्यान पुर्याउनुहोस्

काठमाडौँ - एप्पलले भर्खरैमात्र सार्वजनिक गरेको आइफोन १३ हामी धेरैले कुरेर बसेको छौं । विश्व बजारमा आइफोन रिलिजपछि किन्नको लागि मानिसहरूको लाम लाग्ने गरेको पाइन्छ। अझै कतिपय मुलुकमा त आइफोन किन्नको लागि विभिन्न फन्डाहरू समेत हुन्छन् ।
नयाँ आइफोन किन्नका लागि हामी आफ्नो पुरानो आइफोन बेच्छौँ। आफ्नो पुरानो आइफोन बेच्नुअघि हामीले केही कुरामा विशेष ध्यान दिनु जरुरी देखिन्छ। पुरानो आइफोन बेच्दा यसमा भएका डाटा तथा फाइलको उचित व्यवस्थापन गर्न सकिएन भने हाम्रो व्यक्तिगत विवरण अन्य व्यक्तिको हातमा पर्न जान्छ । यसकारण हामीले आफ्ना पुराना सामान बेच्दा विशेष ध्यान राख्नु पर्छ । यहाँ तपाईंलाई आइफोन बेच्नुअघि केही कस्ता कुराहरू ध्यानमा राख्नुपर्छ भन्नेबारे जानकारी दिइन्छ ।
आइक्लाउडको डाटा आफ्नोमा ट्रान्सफर
आइफोन बेच्नुअघि आफ्नो डिभाइसमा भएको डाटा सबै ब्याकअप लिनुहोस् । ब्याकअप गरिएका डाटा आफ्नो नयाँ डिभाइसमा सार्नुहोस् । डिभाइस अरुलाई ह्याण्डओभर गर्नुअघि डाटा डिलिट भए नभएको निश्चय गर्नुहोस् । अरुको हातमा परेको डाटाहरू गलत काममा प्रयोग हुन सक्छन् ।
आइफोनका कनेट डिभाइस हटाउनुहोस्
हाम्रो डिभाइस विभिन्न एप तथा साइटहरू कनेट भएका हुन्छन् । कनेट भएका डिभाइस नहटाउदा अरूले समेत त्यसमा पँहुच पाउन सक्छन् । आइफोन अरूको हातमा दिनुअघि कनेट भएका साइट तथा एपहरु अनपेयर गर्न नभुल्नुहोस् ।
आइम्यासेज तथा फेसटाइम हटाउनुहोस्
आइफोनमा भएको आइम्यासेज तथा फेसटाइम अकाउन्टलाई आफ्नो डिभाइसबाट अनलिङ्क गर्नुहोस् । तपाईंले आफ्नो आइफोनको सेटिङमा गएर यसलाई हटाउन सक्नुहन्छ ।
आइक्लाउड साइनआउट
एप्पलका डिभाइसहरू बेच्नुअघि आइक्लाउड डिभाइसबाट आफ्ना आइडीहरू अनलिङ्क गर्नुहोस् । तपाईंको डिभाइसको आइडी अन्यलाई काम लाग्ने हुदैँन ।
डिभाइस इरेज गर्नुहोस्
तपाईंको डिभाइस अरुलाई दिनुअघि सबै डाटा इरेज गर्नुहोस् । यसले डिभाइसमा भएका सबै डाटा इरेज हुन्छ । इरेज गरेपछि सबै डाटा डिलिट हुन जान्छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया