यामाहाको एमटी १५ बाइक नेपालमा

काठमाडौं- यामाहाले एमटी-१५ बाइक नेपालमा बिक्री सुरु गरेको छ। यो सिरिजको बाइक युवाहरुलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ। एमटी १५ बीएस४ ले प्राप्त गरेको सफलता पछि याहामाले नयाँ एमटी १५ बिएस ६ ल्याएको कम्पनीले जनाएको छ । नयाँ बाइकका लागि बुकिङ खुला गरेको पनि एमएडब्ल्यूले जनाएको छ ।
‘एमटी-१५ बीएस६ बाइकहरु आधुनिक प्रविधि सवार गरेर सन्तुष्टि प्राप्त गर्न चाहने युवा पुस्ताहरुलाई आकर्षित गर्न सक्षम हुँदै आएको छ। साथै, यी बाइकहरुको पावर र कम्प्याक्ट डिजाइनले एमटीजस्तो बाइक पाउन युवाहरुलाई लोभ्याउने गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमटी-१५ शृंखलाका बाइकहरु सिटी/अर्बान स्पोर्टस् बाइक हुन्। कम्पनीका अनुसार सन् २००५ मा निर्माण सुरू गरेको एमटी शृंखला यामाहाको न्याकेड बाइक सेरिज परिवारको सदस्य हो।
एमटीको यो शृंखला डार्क साइड अफ जापान नामले पनि परिचित छ। मास्टर अफ टर्कको विरासत सन् २००५ मा एम टी-०१ बाट सुरु भएको थियो, जुन हालसम्म पनि यामाहाले विश्वभर सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ।

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_fzFtSE7wX3_w6zaw9g7dirsudwdskflkhjexpdpipb0e8fpggffgm1yjoe0beaikai1zooq.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

प्रतिक्रिया