विभूषणले सुसज्जित पुस–१ का पात्र (हेर्नुहोस् सबै नाम)

काठमाडौं : राजा महेन्द्रले २०१७ पुस १ को ‘कू’मा दरबारकै सैन्य बटालियन परिचालन गरेका थिए । जसको नेतृत्वकर्ता चाहिँ लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह थिए । प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र मन्त्रीहरूलाई उनै शाहको निर्देशनमा पक्राउ गरिएको थियो । प्रधानमन्त्री–मन्त्री र कांग्रेस नेताहरू तरुण दलको सम्मेलनमा भाग लिँदै थिए । अर्थात्, सबै नेता एकै ठाउँ पारिएको मौका थियो ।
गिरफ्तारी शैली चाहिँ ‘छलफलपूर्वक’ थियो । कोइरालाको आत्मवृत्तान्तअनुसार, ‘सुरेन्द्रबहादुर शाह नजिकै आएर भन्यो, महाराजाधिराजबाट हुकुम भएको छ, हिँड्नुपर्यो । मैले सभातिर फर्केर भनें, तपाईंहरू सभा चालू राख्नु होला । महाराजाधिराजले बोलाए ।’
जब, कोेइराला जर्नेलसँग हिँडे । तब, दरबारका कर्नेल समरराज कुँवरले ‘उहाँलाई पनि... । उहाँलाई पनि... ।’ उनले नाटकीय शैलीमा कांग्रेसका शीर्ष नेताहरूलाई पक्राउ गरेका थिए । पुस–१ ‘कू’ प्रकरणमा जो–जो संलग्न भए र रहे । तिनीहरू ठ्याक्कै एक महिनापछि राजा महेन्द्रबाटै विभूषित भए । विभूषण निम्ति कुनै अवसर या पर्व पारिन्थ्यो । त्यस्तो अवसर पनि कुरिएन । बिनापर्व तिनलाई २०१७ माघ १ का दिन ‘तक्मा’बाट विभूषित गरे ।
त्यो ‘कू’ हर्ताकर्ता शाहलाई ‘नेपाल–तारा पहिला दर्जाको तक्मा’ मिल्यो भने कुँवरलाई नेपाल तारा दोस्रो दर्जाको तक्मा । सेनापति नीरशमशेर जबरालाई ‘श्रीपद दोस्रो दर्जाको तक्मा’ मिलेको थियो । प्रहरी प्रमुख ढुण्डीराजले नेपाल तारा दोस्रा पाए ।
‘कू’मा संलग्न पात्रहरूलाई ‘दर्जाअनुरूपको तक्मा’ मिल्यो । पुस–१ प्रकरण निम्ति ८५ सैन्य र २६ पुलिस अधिकृत तहगत तक्माबाट विभूषित भए । त्यो षड्यन्त्रकारी भूमिकामा संलग्न नारायणहिटी र सिंहदरबारका पाँच उच्च अधिकारी विभूषित भए । यसले देखाउँछ कि निजामती कर्मचारीको भूमिका चाहिँ साह्रै न्यून रह्यो ।
हेर्नुहोस्, विभूषण पाउने सेना–पुलिस र कर्मचारीको सूची :
याे पनि :

मैले राजालाई भनेँ- कम्युनिस्टहरूको विध्वंशकारी गतिविधिबाट चनाखो हुनुपर्ने बे…

दसैँको महाअष्टमीमै सुनिएको थियो प्रजातन्त्रलाई बलि दिने दिन पुस- १

खुकुरीभन्दा कर्द लाग्ने, राजाभन्दा युवराज जान्ने !

खुकुरीभन्दा कर्द लाग्ने, राजाभन्दा युवराज जान्ने !

प्रजातन्त्र खोसिएको दिन

सरकार विघटन गर्ने अधिकार हुँदाहुँदै किन महेन्द्रले संसद् भंग गरे ?

बीपीका साथी जो बने महेन्द्रका सत्तासारथि

प्रतिक्रिया