ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ- प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटक तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भैसकेका छन् । कोविड-१९ ले विश्वमै धेरै काम भर्चुअल माध्यमबाट हुन थाले । यसले पनि ल्यापटप/ कम्प्युटरको आवश्यकता बढ्यो । नयाँ ल्यापटप किन्दा कस्तो ल्यापटप किन्ने, कुन किन्ने भन्ने दोधार हुन्छ । ल्यापटप वा कम्प्युटर किन्दै हुनुहुन्छ भने किन्नुभन्दा अगाडि केही कुरामा ध्यान पुर्याउन सकिएन भने पछुताउनु पर्ने हुन्छ ।
ल्यापटप वा कम्युटर किन्दा यी कुरामा विशेष ध्यान दिनुहोस्
प्रोसेसर
ल्यापटप किन्दा तपाईंले यसको प्रोसेसरमा विशेष ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन भएको हुँदा कुनै पनि ल्यापटप किन्दा यसमा विशेष ध्यान दिनुपर्छ । तपाईंले किन्ने ल्यापटप कुन प्रयोजनको हो सो कुराको विशेष ध्यान दिनुपर्छ । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप खरिद गर्ने बानी गर्नुपर्छ । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटपमा काम गर्दा छिटो छरितो तवरले गर्न सकिन्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको कार्यक्षमता नै ढिलो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन यस भित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरी हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङ जस्ता कुरामा समस्या आउछ ।
ब्याट्री ब्याकअप
केही समय अगाडिका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । आजभोलिको नयाँ मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै लामो समय ब्याकअप दिने हन्छ ।
ल्यापटपको स्क्रिन
ल्यापटप किन्दा यसको स्क्रिन साइजको बारेमा ध्यान पुर्याउनु जरुरी हन्छ । तपाईं प्रयोग गर्ने ल्यापटपको प्रयोजनले यसको स्क्रिन सानो वा ठूलो चाहिने निर्धारण गर्छ । स्क्रिनको साइजअनुसार ल्यापटपको साइज तल–माथि हुन्छ । ह्यान्डी साइजको भयो भने बोक्न सजिलो हुन्छ । स्क्रिनको आकार आफूलाई सहज हुने ढंगले रोज्न सकिन्छ । स्क्रिनको रिजोलुसन बुझेर मात्रै ल्यापटप किन्नुहोस् । लो रिजोलुसनको स्क्रिनमा भिडियो, फोटो हेर्दा क्वालिटी राम्रो देखिँदैन । यस्तो स्क्रिनमा कलर डेप्थ आउँदैन । त्यसैले हाई रिजोलुसन स्क्रिन भएको किन्नुहोस् । योभन्दा माथिको र तलको पनि पाइन्छ । माथिको किन्दा मूल्य बढी पर्छ भने तलको किन्दा मूल्य र क्लालिटी दुवै कम हुन्छ ।
बजेट
ल्यापटप वा कम्प्युटर किन्दा मुख्यकुरा मुल्य नै हो । ल्यापटप छनोट गर्दा कति मुल्य सम्मको किन्ने यसले ल्यापटपको विशेषता निर्धारण गर्छ । ल्यापटप किन्नुअघि तपाईं आफ्नो बजेट तयार गर्नुहोस् । यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ४५ देखि ८० हजार रुपैयाँमा राम्रै ल्यापटप पाउन सकिन्छ । कोभिड-१९ ले गर्दा हाल ल्यापटपको मुल्य केही बढेको छ । कम्प्युटर, ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने हुनाले पछिसम्मलाई हुने अपडेटेड ल्यापटप किन्नपर्छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया