आइएमई मोटर्सको शाखा अब जितपुर र नवलपरासीमा पनि

काठमाडौँ- आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले दुई वटा नयाँ शाखा विस्तार गरेको छ । आइएमईले बाराको जितपुरस्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित दुई एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरेको छ । यी शाखाहरूबाट अशोक लेलैन्ड गाडीहरूका लािग सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दुईवटै शाखाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अशोक लेलैन्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्रान्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए ।
सोही कार्यक्रममा अशोक लेलैन्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले अशोक लेलैन्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको बताए । उनले आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैन्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया