सानिमाको नयाँ शाखा जितपुर, मध्यबानेश्वर र भक्तपुरमा

काठमाडौँ - सानिमा बैंक लिमिटेडले असोज २१ गते कपिलवस्तुको जितपुरमा, २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
जितपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले संयुक्त रूपमा गरेका थिए।
यसैगरी, मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरेका थिए।
साथै, बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका थिए।
त्यसैगरी, उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैँकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया