सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत दिन अनेरास्ववियूको माग

कञ्चनपुर - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो ।
संगठनको सुदूरपश्चिम इन्चार्ज मोती विक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीनहरूलाई यथोचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सरकारले राहत तथा उद्दारको काम गरिरहेको बताएको संयोजक मैनालीले जानकारी दिए । आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराले सुदूरपश्चिम प्रदेशमा मानव बस्ती तथा अन्नबालीमा क्षति पुगेको छ ।

अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भयोः गृहमन्त्री लेखक

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ: प्रधानमन्त्री ओली

एयर इन्डिया विमान दुर्घटना : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

प्रचण्ड र नेपालबी भेटवार्ता

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिक्रिया