कूटनीतिको ‘क’ पनि नजान्नेहरू राजदूत भए : भीम रावल
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पुर्याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।
संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले कूटनीतिको ‘क’ पनि नजान्नेहरू राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लागेको बताए । उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरूलाई सचेत गराए ।
‘मैले यस्ता राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन । मेरो देश नेपाल हो, यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदूत बनेर जाने गरेको छ,’ रावलले भने, ‘यस्तो देख्दा मलाई दुःख लागेको छ ।’
उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरूको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए । आफू रक्षामन्त्री हुँदा त्यसका लागि पहल गरे पनि समय अभावमा कारण काम गर्न नसकिएको उनले स्पष्ट पारे ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया