धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने सरकारको निर्णय
कार्यविधि बनाएर राहत बाड्न कार्यदल

काठमाडौँ - बेमौसमी बाढी र डुबानका कारण ठूलो धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुबानका कारण क्षति व्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रप्रसाद कार्कीले जानकारी दिए । उनका अनुसार १० कठ्ठाभन्दा बढी जग्गामा लगाएको धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई पनि क्षतिको ३० प्रतिशतसम्म राहत दिने निर्णय भएको पनि बताए ।
यस्तै ३ विघादेखि बढी जग्गामा लगाएको धानबालीमा क्षति व्यहोरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय सरकारले गरेको उनले बताए । यो राहत बाड्ने काम भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा गठन गरिने कार्यदलले गर्नेछ । कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाएर सरकारलाई हस्तान्तरण गर्नेछ ।
दुई हप्ताअघिको अविरल बेमौसमी वर्षाले पहाड र तराईको धानबाली डुबानमा परेपछि क्षतिको विवरण संकलन तथा अध्ययन गर्न सरकारले गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया