माइक्रोसफ्ट पुन: विश्वको धनी कम्पनी

काठमाडौँ - एप्पललाई पछि पार्दै बिल गेट्स कम्पनी माइक्रोसफ्ट पुन: विश्वको धनी कम्पनी हुन सफल भएको छ । माइक्रोसफ्टको सेयर मूल्य बढेपछि एप्पललाई पछि पार्दै माइक्रोसफ्ट पहिलो स्थानमा आएको हो ।
आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एप्पलको बिक्री ६ अर्ब डलर मात्र रहेको र यसले माइक्रोसफ्टलाई फाइदा पुगेको हो । एप्पलको आपूर्तिमा समस्या भएको कारण एप्पलको बिक्री घटेको जनाएको छ । यसको प्रत्यक्ष असर कम्पनीको आम्दानीमा परेको कम्पनीका प्रमुख टिम कुकले बताए । अब बिदाको सिजनमा यसको असर अझ खराब हुने बताएका छन् ।
गत हप्ता एप्पलको शेयर १.८ प्रतिशतले घट्दै १ सय ४९ अमेरिकी डलरमा कायम हँदा दोस्रो स्थानमा पुगेको छ । यसले गर्दा कम्पनीको बजार पूँजी २.४८ ट्रिलियन डलरमा सीमित भएको छ ।
उता माइक्रोसफ्टको सेयर मूल्य २.२ प्रतिशतले वृद्धि हुँदै ३३१.६२ डलर पुगेको छ । जसबाट कम्पनीको बजार पूँजी २.४९ ट्रिलियन डलर कायम भएको छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया