घरको प्रेसर टेस्टिङ गर्नुभएको छ ?

काठमाडौँ– प्रेसर टेस्टिंग वा हाइड्रोस्टेटिक टेस्टिंग एक यस्तो टेस्ट हो जसलाई कुनै पनि पाइप लाइनको जडान गरेपछि पाइपहरुलाई प्रयोगमा ल्याउनु भन्दा अघि गरिन्छ । प्रेसर टेस्टिंग गर्नुकोे मूख्य उद्देश्य भनेको पाइप लाइनहरुको विभिन्न विशेषताहरु जस्तै विश्वसनीयता, अधिकतम क्षमता, चुहावट, जोइन्ट फिटिंग र दबावहरुलाई जाँच गर्नु हो। आफ्नो बाथरुम वा भान्सामा जडान गरिएको पाइपलाइन ठीक छ कि छैन वा पाइपमा कुनै चुहावट छ कि छैन भन्ने कुरालाई जाँच गर्न प्रेसर टेस्टिंग गरिन्छ ।
पाइपलाइनको निरीक्षण गर्नाले चुहावट, रुकावट, र घरको पाइपमा भएको क्षतिलाई पत्ता लगाउन मद्दत गर्दछ । यसलाई पाइप जडान गरिसकेपछि भित्ता प्लास्टर गर्नु अगाडि गरिन्छ । यदि प्रेसर टेस्टिंग नगरिकन भित्ता प्लास्टर गरिएमा चुहावट भएकोे खण्डमा भित्ता बिग्रिने, पाइप फुट्ने, पानी फोहोर आउने जस्ता समस्याहरु निरन्तर रुपमा आइरहन्छन् । त्यसैले प्रेसर टेस्टिंगको निकै ठूलो महत्व रहेको छ ।
प्रेसर टेस्ट गर्दा पाइपलाई पानी वा तेल जस्तो तरल पदार्थले भरिन्छ र यसलाई कम्तीमा २४ घण्टाको अवधि भरिलाई छोडिन्छ। प्रेसर टेस्टिंग गर्दा कतै चुहावट भएमा प्रेसर टेस्टिंगका प्रव्रिmयामा प्रयोग हुने मिटरमा रिडिंग घटेको हुन्छ। कतैबाट पानी चुहिएमा पाइप फुटेको वा चुहावट भएको कुरा सजिलैसँग पत्ता लगाउन सकिन्छ। चुहावट भएको ठाउँमा पाइपलाई सजिलै काटेर फेरि मर्मत गर्न सकिन्छ । प्रेसर टेस्टिंग गर्दा बढी प्रेसर पर्न गए पुरै पाइप र फिटिंग्स नै फुट्न सक्ने हुँदा सीमित मात्रामा दबाब दिनुपर्छ ।
मंगलम इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता हो जसले प्रेसर टेस्टिंगको सुविधालाई पनि उपलब्ध गराएको छ । २०–२२ वर्षदेखि प्लम्बिंग गर्दै आएका प्लम्बर प्रबीन खड्काका अनुसार ‘मंगलम इन्डस्ट्रिजले हरेक प्लम्बरलाई प्रेसर टेस्टिंग गर्न प्रोत्साहन गर्दै आइरहेको छ जसका लागि कतिपय ठाउँमा मंगलम इन्डस्ट्रिजले तालिम पनि प्रदान गरेकोे छ र उनीहरु सबैले यसको महत्वलाई पनि राम्ररी बुझेका छन् ।’
‘प्रेसर टेस्टिंग, प्लम्बिङ प्रणालीले राम्रोसँग काम गर्छ वा गर्दैन भन्ने कुरा थाहा पाउँन अनिबार्य रुपमा गर्न जरुरि छ र सुरुमै कमजोरी पत्ता लाग्दा भविष्यमा मर्मत खर्चमा हजारौं रुपैँया बचत गर्न सकिन्छ,’ खड्का भन्छन्, ‘सीपीभीसी पाइपमा मात्र नभएर हरेक प्रकारका पाइपहरुमा प्रेसर टेस्टिंग गर्नु उक्तिनै आवश्यक हुन्छ ।’
मंगलम इन्डस्ट्रिजले मंगलम पाइप्सको प्रयोग गर्ने सबै ग्राहकहरुलाई प्रेसर टेस्टिंगको निःशुल्क सुविधा पनि उपलब्ध गराउदै आएको जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया