ट्वीटरको स्पेस अब अकाउन्ट बिना सुन्न सकिने

काठमाडौँ- ट्वीटरले अब बिना अकाउन्ट स्पेस सुन्न सकिने फिचर ल्याएको छ । ट्वीटर अकाउन्ट नभएका प्रयोगकर्ताले पनि अब स्पेसको कुराकानी सुन्न सकिने जनाएको छ ।
यस अगाडि भने अकाउन्ट भएकाले मात्र स्पेस सुन्न सकिने फिचर रहेको थियो । अब स्पेस सुन्नको लागि होस्टले स्पेसको लिंक अन्त सेयर गर्न सक्नेछन् र त्यसमा बिना अकाउन्ट स्पेस सुन्न सक्ने ट्वीटरले जनाएको छ । सेयर गरिएको ट्वीटर स्पेसमा बोल्न भने मिल्दैन यसको लागि लग इन गर्नुपर्ने छ ।
स्पिकर बन्नका लागि भने तपाईंलाई ट्वीटर अकाउन्ट जरुरी हुन्छ । पछिल्लो समय ट्वीटर आफ्नो अडियो ब्रोडकास्ट फिचर स्पेसमा निकै महत्त्वका साथ काम गरिरहेको छ । यसैक्रममा यो नयाँ फिचर पनि थपिएको हो ।
सुरुवाती समयमा होस्टको अप्सन रहेकोमा पछिल्लो समय को-होस्टको विकल्प पनि उपलब्ध भएको छ । हालै मात्र ट्वीटरले टिकेट स्पेसको घोषणा समेत गरेको छ । यसको माध्यमबाट स्पेस होस्ट गर्नेहरूले आफ्नो स्पेसमा सहभागी हुन चाहनेहरूलाई टिकेट बिक्री गर्न सक्नेछन् ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया