मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

टेस्लाको सेयर बेच्‍न ट्‍वीटरमा सोध्दै एलन मस्क

काठमाडौँ-  टेस्लामा मालिक एलन मस्कले टेस्लाको सेयर बेच्‍ने कि नबेच्‍ने भन्ने सम्बन्धमा ट्‍वीटरमा प्रश्न गरेका छन । ट्‍वीटर प्रयोगकर्तासामु उनले टेस्लाको १० प्रतिशत सेयर बेचौँ कि नबेचौँ भन्ने प्रश्नको 'पोल' गरेका छन् ।

केही समयदेखि मस्कले टेस्लाको केही हिस्सा सेयर बेच्‍ने कुरा बताउँदै आएका थिए । ट्‍वीटरमा मस्कले टेस्लामा भएको मेरो १० प्रतिशत सेयर बेच्न चाहान्छु,  ‘तपाईँ यसलाई समर्थन गर्नु हुन्छ ? भन्ने प्रश्न सोधेका छन् । 

ट्‍वीटरमा आएको प्रस्तावमा आफू सहमत हुने समेत मस्कले बताएका छन् । केही समय अघि देखि टेस्लाको सेयर मूल्य बढ्दा मस्कको सम्पति अत्यधिक बढेको छ । हाल मस्क विश्व धनाढ्य सूचीमा पहिलो स्थानमा रहेका छन् ।