डिशहोमको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' मा स्पेन घुम्ने विजेता छानिए

काठमाडौँ - डिशहोमले दसैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेता घोषणा गरेको छ । यसअन्तर्गत प्रभु टीभी जडान गर्ने काठमाडौंका ध्रुव कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई विजेता छनोट भएका हुन् ।
विजेताको घोषणा गत बुधबार सरोकार टीभी, रियालिटी टीभी, नेपा: च्यानललगायतका च्यानल र डिशहोमको फेसबुक पेजमार्फत गरिएको थियो ।
विजेताले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, चार रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको छ ।
यो योजनामा असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सीम टीभी नयाँ जडान गर्ने ग्राहक र ला लिगाको सिजन टिकट खरिद गर्ने ग्राहक सहभागी भएका थिए ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया