प्रधानन्यायाधीशले एकल इजलासबाट गराए दुई निर्णय

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै एकल इजलासबाट दुई निर्णय गराएका छन्, पहिलो तामेली फैसला र अर्को कारण देखाऊ आदेश । उनको इजलासमा उत्प्रेषण आदेश र अदालतको अपहेलना, ज्यानसम्बन्धी कसूर जस्ता मुद्दा राखेका छन् । उनी एकल सुनुवाइमा छन् ।
बन्दीप्रत्यक्षीकरण मुद्दामा समेत प्रधानन्यायाधीश राणासँग संयुक्त इजलासमा नबस्ने न्यायाधीशहरूको घोषित निर्णयसँगै राणाले एकल इजलास तोकेको देखिन्छ । सोमबार संयुक्त र एकल गरी दश वटा इजलास तोकिएको थियो र २९८ मुद्दाको पेशी चढेको सूचना अदालतले सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतमा दिउँसो १:४० बजेसम्म जम्मा दुई वटा मात्र इजलास बसेको छ भने बाँकी न्यायाधीशहरूले इजलास बहिष्कारको कार्यक्रमलाई निरन्तरता दिएका छन् । तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलास बसेको छ, उनीहरूलाई ३६ वटा मुद्दा छिनाफानो गर्ने जिम्मेवारी प्राप्त थियो ।
उक्त इजलासले एउटा बन्दीप्रत्यक्षीकरणको मात्र मुद्दाको सुनुवाइ गर्यो भने बाँकी ३५ मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । अर्थात्, केसी र शर्मा पनि बन्दीप्रत्यक्षीकरणमै मात्र सीमित भएका छन् । लिखत बदर, जालसाझी, दुषित राजीनामा लिखित बदर, जबर्जस्ती करणी, लागूऔषध, जग्गा किचलो, अपहरण तथा शरीर बन्दक जस्ता मुद्दाहरू ‘हेर्न नभ्याइने’मा परेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया