मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

उल्कापिण्डको बाटाे परिवर्तन गर्न नासाले थाल्यो प्रयास

काठमाडौँ- पृथ्वीको आइरहेको उल्कापिण्डको बाटो परिवर्तको लागि अमेरिकी अन्तरिक्ष नियोग नासाले यान पठाउने तयारी गरेको छ । पृथ्वीतर्फ आइरेको उल्कापिण्डमा नासाले यान ठोकाएर बाटो परिवर्तनको तयारी गरेको हो ।

हाल परीक्षणमा रहेको यो यान परीक्षण  डीएआरटी अर्थात् डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट मिसन रहेको छ । नासाको यस मिसनले उल्कापिण्डको बाटो परिवर्तन गराउनका लागि एउटा अन्तरिक्ष यानलाई उक्त उल्कापिण्डमा लगेर ठक्कर दिइनेछ यसले उक्त पिण्डलाई बाटो परिवर्तन गराउने छ ।

यो मिसन आगामी नोभेम्बर २३ मा उड्ने छ ।  यो यानले डाइडीमोस नामक ठूलो उल्कापिण्डलाई घुम्‍ने डाइमोर्फोस नामक उल्कापिण्डलाई ठक्कर दिएर मार्ग परिवर्तनको लागि दबाब दिनेछ । यसले आगामी दिनमा पृथ्वीमा आइपर्ने यस्ता उल्कापिण्डको मार्ग परिवर्तन गर्न सम्भव हुन्छ या हुदैँन भन्ने जानकारी प्राप्त हुनेछ । 

नासाले पृथ्वीमा रहेको टेलिस्कोपबाट उक्त मिसनको अवलोकन गरेर आवश्यक तथ्याकं संकलन गर्नेछ । यसबाट आगामी रणनीति बनाउन सहयोग मिल्ने नासाले जनाएको छ । 

उक्त ठक्करबाट उल्कापिण्डलाई पूर्णरुपमा नष्ट नगरी यसको बाटो परिवर्तन गर्नका लागि दबाब मात्र दिने संलग्‍न वैज्ञानिकहरुले बताएका छन्। तर यसबाट कतिसम्म बाटो परिवर्तन हुनेछ भन्‍ने कुरा ठक्कर पश्‍चात मात्र थाहा हुने नासाले जानकारी दिएको छ ।