एमालेका डडेल्धुरा अध्यक्ष नै नेकपा एसमा प्रवेश

कैलाली - गत जिल्ला अधिवेशनमा एमालेको डडेल्धुरा अध्यक्षमा निर्वाचित डा. तारा जोशी बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । लामो समयसम्म कतै पनि नखुलेका डा. जोशी डडेल्धुरामा आयोजना भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचकविरुद्ध आफूहरू समाजमावादीमा लागेको उनले बताए । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टीम समाजवादीमा क्रियाशील हुने बताए ।
जोशीले २६ वर्षको उमेरमै ०५४ सालतिर एमालेको जिल्ला नेतृत्व लिएका सम्हालेका थिए । पछिल्ला दुई अधिवेशनमा पनि उनी अध्यक्ष छानिएका थिए । गत प्रदेश सभा निर्वाचनमा पनि एमाले भित्रको अन्तरघातका कारण उनी ३५६ मतले पराजित भएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया