मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

नेकपा एसको स्थायी कमिटी बैठक शुक्रबार बस्दै

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । दिउँसो २ बजे नयाँ वानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्णबैठकका प्रस्तावहरू अनुमोदन गर्ने उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ ।