वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौँ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको २५ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउँनेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार चार सय रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले आठ करोड २३ लाख ८८ हजार आठ सय ८० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार दई सय ८० रुपैयाँ पुग्नेछ।
साथै, वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधाको उपयोग गरिने लघुवित्तले जनाएको छ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया