मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

मजदुर विशेष ३० प्रतिनिधि छनौट

काठमाडौँ : नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको काम तीव्र रुपमा भइरहेको छ । शनिबार मात्रै एमालेले विभिन्न विधागत प्रतिनिधि छनौट गरेको छ । जसअनुसार मजदुर विशेष जिल्ला कमिटीबाट सर्वसम्मतिले ३० जना प्रतिनिधि छनौट भएका छन् ।

एमाले नेता सुर्य थापाका अनुसार मजदुर विशेष जिल्ला कमिटीबाट कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ छनौट भएका छन् ।

यस्तै रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ, चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई पनि छनौट भएका छन् ।

यस्तै महिलामा इश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा छनौट भएका थापाले बताए । उनका अनुसार दलित महिलामा मायादेवी पोडे छनौट भएकी छन् ।