बिक्री गर्न तयार भएको बन्दा बारीमै कुहियाे

बैतडी - बैतडीका किसानले खेती गरेको बन्दा बिक्री गर्नेबेलामा बारीमै कुहिन लागेको छ । बिक्री गर्नका लागि तयार भएको बन्दाको किसानहरूले उचित बजारभाउ नपाउनाले बन्दा बारीमै कुहिन लागेको हो ।
अहिले जिल्लाका अधिकांश ठाउँमा व्यवसायिक तरकारी खेतीमा आबद्ध किसानले उत्पादन गरेको बन्दा खेतमै कुहिने अवस्थामा पुगेको छ । कात्तिक महिनाको सुरुवातमा परेको अविरल वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्याएको हो । वर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दागोभी खेतमै कुहिएको सुर्नया–६ का दामोदर अवस्थीले बताए ।
‘विगतमा मकैबाली लगाउँदै आएको खेतमा आधुनिक कृषी गर्ने सोचले बन्दागोभी लगाएको हुँ । तर बजार नपाउँदा गाई वस्तुलाई खुवाउनु परेको छ । तीन महिनासम्म गरेको परिश्रम र व्यवसायमा गरेको १० हजार रकम लगानी खेर गयो । यो खेतमा मकै लगाएको एक वर्ष खान पुग्ने थियो । तर, बन्दागोभी लगाएर सही नसक्नु घाटा भयो ।’ जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँमा लगाएको बन्दागोभी कुहिँदा किसान मारमा परेका छन् । बारीमा बेच्न ठिक्क परेको ५० क्विन्टल बन्दागोभी कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका- १ मरतोलाका किसान पूर्णानन्द भट्टले बताए ।

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

प्रतिक्रिया