कैदीको मृत्यु

चितवन : कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् ।
उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो । उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ । रासस

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया