इजलास फर्किए ६ जना न्यायाधीश

काठमाडौँ - प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ मध्ये चार न्यायाधीश इजलास फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् ।
श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।
प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया