भक्तपुरमा १३ सय रोपनीमा राेपेकाे धानमा दाना लागेन
भक्तपुर- भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।
भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरु छन् ।
भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको छ ।
लोकल स्थानीय जातको बीउ बिजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षित हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको छ । किसानलाई हाइब्रिड बीउबिजनतर्फ आकर्षित गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको छ ।
कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने कृषकहरुले बताएका छन् ।
भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको किसान कुलबहादुर न्ह्ेमाफुकीले जानकारी दिए । उनका अनुसार उक्त समयमा १४ हजार भन्दा बढी किसानको खेत बाँझै भएको थियो । सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ । हाइब्रिड जातको धान बीउ प्रयोग गर्दा यस्ता समस्या पटकपटक दोहोरी नै रहन्छन् । त्यसकारण किसानले पनि सचेत हुनुपर्छ । लोकल स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए ।
उनकाअनुसार खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ । चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीका सवालमा भने नगरपालिकाले पनि अध्ययन गरी रहेको समेत उनले जानकारी दिए ।
उनकाअनुसार अब उक्त किसानहरुलाई कसरी के राहत दिन सकिन्छ भन्ने विषयमा आफूहरु छलफलमा जुटेको समेत उनले बताए ।
नगरभित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले आपतकालिन कोशबाट केही राहत उपलब्ध गराउने समेत जानकारी दिए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया