कैलालीका चार पालिकामा कांग्रेसको अधिवेशन रोकियो

धनगढी- पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग राख्दै नेकपा नेत्रविक्रम चन्द समूहले आयोजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेशन प्रभावित भएको छ ।
महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार चन्दले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन रोकिएको हो ।
बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेशनस्थलसम्म जान नसक्दा स्थगित गरेको संयोजक सुनारले बताए । चारवटै पालिकामा भोलि (बुधबार) बिहान ८ बजेदेखि अधिवेशन सुचारू गर्ने निर्णय भएको उनले बताए ।
कैलालीका १३ मध्ये बाँकी नौ पालिकामा भने मंगलबारदेखि नै अधिवेशन सुरू भएको छ । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबारदेखि पालिका अधिवेशन सुरू भएको छ ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया