सुदूरपश्चिम प्रदेशमा एमालेका १६४ जना महाधिवेशन प्रतिनिधि छनाैट

कैलाली- सुदूरपश्चिम प्रदेशमा एमालेका १६४ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन ।
नेकपा एमालेको चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमालेका सुदुरपश्चिम अध्यक्ष कर्ण थापाले बताए ।
आज धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले १६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए ।
अध्यक्ष थापाले १६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको बताए । उनले कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट भने निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको बताए ।
प्रतिनिधि छनौट भएका कैलालीबाट ४४ जना, दार्चुला १२, बझाङ १६, बैतडी १४, डडेलधुरा ११ र बाजुराबाट २१ जना छनौट भएको अध्यक्ष थापाले बताए ।
त्यस्तै, कञ्चनपुरबाट १६, अछामबाट १४ र डोटीबाट १६ जना प्रतिनिधि छनौट भएको अध्यक्ष थापाले बताए ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया