महािधवेशनले अध्यक्षमा ओलीलाई नै सर्वसम्मत चुन्छ : योगेश भट्टराई

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको आसन्न महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मत रूपमा भए अध्यक्षमा ओली नै चयन हुने स्ष्पट पारे । आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पु¥याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरू जोड रहेको तर्कसमेत गरे ।
पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने उनले बताए । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जो कोहीले पनि नेतृत्वको दाबी गर्न पाउने उनले स्पष्ट पारे । ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । यसपटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने मिसन छ,’ उनले भने ।

प्रचण्ड र नेपालबी भेटवार्ता

प्रतिनिधिसभा बैठक बस्दै

एकीकृत समाजवादीद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन
अनेरास्ववियुको महाधिवेशन : आज मतदान

पार्टीमा एकता कायम नभएमा सुदूरपश्चिममा एमाले शून्य हुने लेखराजको चेतावनी

संसदको अवरोध हटाउने माओवादीको दुई बुँदे ड्राफ्ट : एमालेको सहमति, रास्वपाको …

सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुन्छ : वर्षमान पुन

प्रतिक्रिया