युवा संघले गर्यो ६० जिल्लामा कमिटी विस्तार

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा संघले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ ।
देशभर संगठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै संघले नगर तथा वडामा संगठन निर्माण गर्नेक्रम जारी रहेको जनाएको छ । अहिलेसम्म पूर्वाञ्चल र गण्डकीमा भेला सम्पन्न गरेको संघको वाग्मती प्रदेश भेला सोमबार काठमाडौँमा हुन लागेको बताइएको छ ।
संघका इञ्चार्ज दीलकुमारी पन्तले मुलुकमा शान्ति, सुशासन, स्थायित्व कायम गर्न देशव्यापी प्रशिक्षण, विभिन्न सन्देशमूलक अभियानलगायत राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।
भ्रटाचारमुक्त समाज निर्माणका लागि खबरदारी, सभा, गोष्ठी, मूल्यवृद्धिविरुद्ध रचनात्मक कार्य गर्दै आएको संगठनले विभिन्न स्थानमा सरसफाइसमेत गरेको छ । परिवर्तित अवस्थामा सांगठनिक गतिविधि गर्नुपरेका कारण तथा नयाँ पार्टी निर्माणको औचित्यबारे स्थानीय तहदेखि नै जनतलाई बुझाउने, उनीहरुका समस्यालाई केन्द्रमा राखेर समाधानका लागि समन्वय गर्ने कार्यमा संघ क्रियाशील रहेको जनाइएको छ ।
समाजमा विकास र समृद्धि प्राप्तिका लागि युवा लक्षित कार्यक्रम तय गर्न सबै प्रदेशले आआफ्नो विशेषता तथा आवश्यकताअनुसार कार्य योजना बनाइरहेको संघका अध्यक्ष नरेश शाहीले बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया