ज्योति विकास बैंकद्वारा ओम्नीमा आधारित बैंकिंङ सेवा

काठमाडौँ- ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप वा ब्राउजरको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो ।
बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रूपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।
ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भए संगै बैंकका ग्राहकहरूले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्गसम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरूको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्। त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले सेल्फ अकाउन्ट लिंक गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरू सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
यो सुविधा नयाँ प्रयोगकर्ता हरुले एप स्टोर अथवा प्ले स्टोर एबिथकतयचभ बाट एप लाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरुले एप लाई अपडेट गरि नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्। बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरूले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा सेवा उपलव्ध गराउँदै आइरहेको छ।

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

प्रतिक्रिया