बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

डोमिनार २५० को ५ दिने जोमसोम राइड

राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने

काठमाडौँ- हन्सराज हुलासचन्द एण्ड कम्पनी, बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताले बजाज डोमिनार-२५० का चालकहरूका लागि डोमिनार राइडको सञ्चालन गर्दैछ। जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि तयार पारिएको ५ दिने ‘अल पेड ट्रिप’ हो। जसमा रोमाञ्चक र आफ्नै कथाको मिश्रण हुनेछ।

राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन्। यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ। डोमिनार ओनरहरूले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिन सक्नेछन् ।