पहिलो चरणको अन्तिम खेलमा सुनिलकाे गोल

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ । सोमबार भएको खेलमा मछिन्द्रले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रका लागि फरवार्ड सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए । सुनिल राष्ट्रिय टिमका लागि पनि प्रभाव पार्ने खेलाडी हुन् । तर उनले कमै मात्र मौका पाएका छन् ।
खेललाई आफ्नो पक्षमा पारेका सुनिलले टिमका लागि विजयी गोल गरेका थिए । यससँगै यो सिजनको लिगमा सात खेल सकिएका छन् । पहिलो चरण सकिँदा थ्रीस्टार क्लब, ब्रिगेड ब्याइज क्लब, मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्रले आ–आफ्ना खेलमा जित हासिल गरेका छन् ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_ytgtPL15KZ_wrbbczxopyfpjmrhlma4voqxabineeillj3kztzjsd8do4spvs0kcduhtc4x.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया