नेकपा छोडेर ५१ जना कांग्रेसमा प्रवेश

काठमाडौँ : सत्तारूढ नेकपा परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुढाथोकीको नेतृत्वमा उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरूलाई टीका लगाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा लब न्यौपाने, रामचन्द्र खड्का पनि उपस्थित थिए ।
पार्टी प्रवेश गर्नेहरूमा बुढाथोकीसहित कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहन भण्डारी, राजन भण्डारी, रूपेश भण्डारी, पदमबहादुर मोक्तान, पासाङ लामा, मोति घिसिङ, सन्देश लामालगायत छन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया