कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

डोटी- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।
जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए ।
नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गर्नुभएको थियो । एकाउन्न प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने कांग्रेसको विधानमा व्यवस्था छ । जिल्लामा कूल एक हजार १०७ मतदाता छन् ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया