कांग्रेस बर्दियामा संस्थापन पक्षको बहुमत

बर्दिया - बर्दियामा शुक्रबार सम्पन्न नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षले बुहमत ल्याएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिलाई संस्थापन पक्षले बहुमतसहित हराएको हो ।
दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियाको क्षेत्र नम्बर २ मा संस्थापन पक्षको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा प्यानल नै जितेको छ । क्षेत्र नम्बर १ मा भने संस्थापनपक्षले क्षेत्रीय सभापतिसहित ५ महाधिवेशन प्रतिनिधि जितेको युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा दिपकजंग शाह निर्वाचित भएका छन् । शाहले पाँच यस ८० मत ल्याउँदा उनका प्रतिष्पर्धी रमनकुमार रेग्मीले २ सय ६४ मत ल्याए । महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी अरुणसिंह राठोरले ल्याएका छन् भने दोस्रोमा तिमिल्सिनाले ल्याएका छन् ।
यस्तै क्षेत्र २ बाट गग्गाबहादुर पाण्डे, जंगबहादुर मल्ल अमानसिंह केसी, विनय रावल, तारा चौधरी, प्रतिमा चौधरीलगायतले महाधिवेशन प्रतिनिधि जितेका छन् । १ मा संस्थापनमा मुक्तिनाथ यादवसहित ५ महाधिवेशन प्रतिनिधि संस्थापनले जितेको छ । २ मा २६ र १ मा सभापतिसहित ६ महाधिवेशन प्रतिनिधि भएपछि संस्थापनको बहुमत देखिएको छ । जसले बर्दियामा सञ्जय गौतमको कांग्रेसको सत्ता गुम्ने निश्चित भएको छ । आफू दुई कार्यकाल सभापति भए पनि छोड्ने बेलामा गौतमले आफ्नो गुटलाई होइन अर्कै गुटलाई बुझाउने अवस्थामा पुगेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया