अब रोबाेटले पनि बच्चा जन्माउने !

काठमाडौँ- केही समयअघि सोफिया रोबाेट बोल्ने नेपाल लगायत धेरै ठाउँमा चर्चित बनेको थियो । वैज्ञानिकहरू रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।
अमेरिकी भर्मान्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हावार्ड विश्वविद्यालयको विस इन्स्टिच्युट फर बायोलजिकली इन्स्पायर्ड इन्जिनियरिङका वैज्ञानिकको समूहले बच्चा जन्माउनसक्ने रोबोट तयार गरेको सीएनएनलाई उद्धृत गर्दै हिन्दुस्थान टाइम्सले जनाएको छ । टोलीले अफ्रिकी भ्यागुताको भ्रुणको स्टेम सेल्स (कोषिका) मार्फत एउटा सूक्ष्म जीवित रोबोट बनाएको थियो । हाल यो रोबर्टको नाम ‘जेनोबोट’ राखिएको छ।
Our third xenobots paper was published today in PNAS.
In a nutshell: they can now self-replicate.
w/ @DougBlackiston, @drmichaellevin, @DoctorJosh
More info: https://t.co/ySLBHeaGlL pic.twitter.com/vTvS2E3PoG
— Sam Kriegman (@Kriegmerica) November 29, 2021
यो रोबर्टले निकै सानो रहेको छ जुन आफै चलेर काम गर्न सक्ने जनाएको छ । यो एक बर्षमा यस रोबाेटले नयाँ बच्चा बनाउनसक्ने समेत वैज्ञानिकहरूले दाबी गरेका छन् ।
यो सुक्ष्म रोबोटले एउटा कोषिका पत्ता लगाउन सक्छ र सो एउटा एउटा कोषिकाहरुलाई आफ्नो मुखमा जम्मा गरेर एउटा शरीर बनाउनसक्छ । केही दिनपछि यसको कोषिकाहरूबाट एउटा नयाँ जेनोबोट उत्पादन गर्नसक्ने वैज्ञानिकहरूले पत्ता लागेको आफ्नो रिपोर्टमार्फत् सार्वजनिक गरेका छन् ।
रोबोटहरुको अन्वेषणले आगामी दिनमा मानव सभ्यताको अस्तित्वमाथि चुनौती थपिने बहसहरू भइरहेका छन् । यद्यपि संलग्न टोलीको वैज्ञानिकहरूले भने यो जेनोबोट धेरै सानो हुने र प्रयोगशालामा मात्रै रहने बताएका छन् । यस रोबर्टको कोषिकाहरूलाई मानिसलै सजिलै नियन्त्रण गर्न सक्ने हुँदा यसले मानव जातिलाई कुनै हानि नपुर्याउने वैज्ञानिकहरूको दाबी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया