संसद् विघटनविरुध्द जसपाको मसाल जुलुस
जनकपुरधाम : संसद विघटनविरुध्द जनकपुरधाम सहित प्रदेश २ का जिल्लाहरूमा जनता समाजवादी पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ । पुर्व निर्धारित ५ दिने विरोध कार्यक्रमअन्तर्गत शनिबार प्रदेश २ का जिल्लाहरूमा जसपाले मसाल जुलुस प्रदर्शन गरेको हो ।
जनकपुरधामको जनकचोकबाट सुरु भएको मशसल जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्ने क्रममा प्रहरीले अवरोध गर्दै लाठी चार्जसमेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुध्द प्रदर्शनकारीहरूले जुलुसका क्रममा नाराबाजी गर्दा प्रहरीले लाठी चार्ज गरेको जसपाले जनाएको छ । प्रहरीको लाठी चार्जबाट करीब २ दर्जन प्रदर्शनकारीहरू घाइते भएको जसपा धनुषाले जनाएको छ ।
मसल जुलुसमा सहभागीहरूले संसद विघटन गरि प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम चालेको बताएका छन् । जसपाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको निरकुंश प्रवृतिविरुध्द सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
यता धनुषा प्रहरीले भने लाठी चार्ज नगरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले आन्दोलनकरी आफै भागाभाग गरेको बताए । बजार क्षेत्रमा आगोले कसैलाई क्षति नहोस भनी सुरक्षामा खटिएका प्रहरी सम्झाएको उनले बताए । सम्झाउने क्रममा भनाभन भएको भने उनले स्वीकारे ।

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

जसपा नेपाल रौतहटमा राजिव रञ्जनको प्यानल निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाच…

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

ट्रयाक्टरले मोटरसाइकललाई दियो ठक्कर : श्रीमतीको निधन, श्रीमान घाइते

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

बारामा चट्याङले आगलागी, २० लाखको कुखुरा फार्म ध्वस्त

प्रतिक्रिया