‘जनअधिकारको रक्षार्थ आन्दोलन आवश्यक’

काठमाडौँ : (नेकपा) पुष्पकमद दाहाल-माधवकुमार नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवर्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
नेकपा धादिङ-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको भेलामा उनले विधि, पध्दति, कानुन र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्नेविरुध्द जनताले खबरदारी गर्नुपर्ने बताए । तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उनले भने, “हामी विभाजित भएका छैनौँ ।”
पूर्वमन्त्री पाण्डेले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थपे, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।”
उनले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पारे । नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानाको विकल्प नभएको बताए ।
नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताए । नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने औँल्याइन । कार्यक्रममा धादिङ घर भई हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो । (रासस)

‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

शिक्षा मन्त्रीको रुपमा पन्तको शपथ ग्रहण

'सरकारले निजी मेडिकल कलेजलाई सहयोग गर्दैन'

भाेलीकाे संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने

कोशी प्रदेशमा माओवादीको जनसंगीत अभियान
आज लोकतन्त्र दिवस

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

प्रतिक्रिया