बिहीबार ११ बैशाख, २०८२
Thursday, April 24, 2025

दाहाल समूह छाड्‍नेलाई मन्त्री पद उपहार !

काठमाडौं : पुष्पकमल दाहाल खेमाबाट अकस्मात्‌को खेमा परिवर्तनसँगै प्रभु साहलाई मिल्यो, मन्त्री पद । उनलाई पुनर्गठित मन्त्रिपरिषद्‌मा साहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री हुनुअघिसम्म दाहाल समूहमा थिए, त्यहीँबाट गर्थे उनले ओलीको चर्को विरोध ।

मन्त्रिपरिषद्‌मा थपिएका नयाँ मन्त्रीहरूले राजनीतिक नैतिकता भन्दा पनि आफ्नो इच्छालाई बढी प्रथामिकता दिएको दिए । त्यसैमा पर्छन्, गौरीशंकर चौधरी । काम चलाऊ प्रधानमन्त्रीको मन्त्रिपरिषद् पुनर्गठनमा चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाए ।

मन्त्रीको जिम्मेवारी पाउनुअघि चौधरी पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमामा थिए । तर, मन्त्री पदसँगै उनी ओली खेमातिर लागे । चौधरी शुक्रबार दिउसोसम्म पनि दाहाल-नेपाल समूहको र्‍यालीमा हिँडिरहेका थिए । तर, साँझपख उनी मन्त्री पदको शपथ लिन शितलनिवास पुगे ।

मन्त्रिपरिषद् पुनर्गठनमा  प्रधानमन्त्री केपी शर्मा ओलीले आठ नयाँ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । त्यस्तै उनले एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाए । मन्त्रिपरिषद्का पुराना केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको थियो । दाहाल समूह छाड्‍नेलाई ओलीले मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री मात्र होइन, सरकारी पदको प्रभाव पार्दै दाहाल-नेपाल समूहका पुगेका राजनीतिक पात्रहरु तान्‍ने रणनीति अपनाएको यसले पनि देखाउँछ । अब यसरी सरकारी पदको लोभमा दाहाल-नेपाल पुगेकाहरुलाई फर्काउने खेल चल्नेछ ।

पुस ७ गते दाहाल-नेपाल खेमाको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गर्‍यो । त्यसमा साहले निर्णयप्रति फरक मत राखेका थिए । मन्त्री हुनुअघि प्रभु साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखेका थिए । तर उनको प्रस्तावमा कुनै छलफल भएन । यसमा संयोगको विषय के रह्यो भने नेपाल र साह एकै जिल्ला रौतहटका हुन्  । पार्टीलाई फेरि फुटबाट जोगाउन एक मात्र अध्यक्ष रहने व्यवस्था निम्ति उनी उभिएका थिए ।

दाहाल-नेपाल खेमाको केन्द्रीय समिति बैठकमा विमति राखेको तीन दिनपछि उनी ओली खेमाको मन्त्री भए । प्रतिनिधिसभा विघटन हुनुअघि नै कित्ता ‘क्लियर’ गरिसकेका पूर्व माओवादीका दुई नेता पनि यसपटक मन्त्री बने । नवनियुक्त ती हुन्- टोपबहादुर रायमाझी र मणि थापा । जनयुद्ध अघिदेखिकै दाहालका सहयात्री थिए ।

यी दुवै नेताहरु तत्कालीन पातलो मसालबाट दाहाल नेतृत्वको पार्टीमा मिसिएको थियो । सँगै जनयुध्दमा होमिएका यी नेताहरू तत्कालीन माओवादी केन्द्र हुँदै पछिल्लो समय सत्तारुढ नेकपामा आइपुगेका थिए । नवनियुक्त दुई मन्त्रीमध्ये रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयको जिम्मेवारी दिइएको छ । थापालाई खानेपानी मन्त्रालय मिलेको छ ।