माओवादी विराटनगरमा नविन र नमिता

विराटनगर - नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको प्रथम अधिवेशनबाट अध्यक्षमा नविन पौडेल र सचिवमा नमिता न्यौपाने चयन भएका छन् । ९९ सदस्यीय महानगर समितिको तीन उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानु भट्टराई चयन भएका छन् ।
त्यसैगरी सह–सचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो.प्रवेज आजम चयन भएका हुन् । महानगर समितिको अध्यक्ष पदका लागि भोगेन्द्र यादवसहित पौडेल र न्यौपाने आकांक्षी थिए । अर्थ मन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सुरु भएको महानगर सम्मेलनमा पार्टी नेतृत्वले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिएपछि न्यौपाने अध्यक्षको मैदानबाट पछि हटेकी थिइन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद शिवकुमार मण्डलले आसन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा असर पर्ने भन्दै उनी निकट भोगेन्द्र यादवलाई पनि सहमतिकै लागि भन्दै अध्यक्षको दौडबाट पछि हटाएपछि पौडेल सर्वसम्मत भएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया