सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

प्रदेश १ को मतगणना दिउँसो २ बजेदेखि

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ समितिको मतगणना दिउँसो २ बजेबाट हुने भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार दिउँसो २ बजेदेखि मतगणना सुरु गर्न लागेको हो । 

 उम्मेदवारहरुले प्रतिनिधि पठाउन ढिलाइ गरेका कारण गणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान ८ बजेदेखि गणना गर्ने भनिएपनि मतगणना हुन ढिलाइ भएको छ ।  उम्मेदवारहरुले अहिले आ-आफ्नो प्रतिनिधि तयार गरिरहेका छन् ।

प्रदेश १ मा शनिबार बेलुका सवा ७ बजे मतदान सकिएको थियो । १ हजार ८०४ मतदाता मध्ये १ हजार ७ सय ५२ जनाले मतदान गरेका थिए । प्रदेश समितिको सभापतिमा  संस्थापनबाट झापाका पूर्व पार्टी सभापति उद्वव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे प्यानलै प्रतिस्पर्धामा छन् ।