टिकटकमा आयो पैसा कमाउने अर्को फिचर

काठमाडौँ - छोटो भिडियोको लागि लोकप्रिय प्लेटफर्म टिकटकले पैसा कमाउन मिल्ने नयाँ फिचर सुरु गरेको छ । टिकटकमा फलोअर्सले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको हो । यसअन्तर्गत फलोअर्सरूले टिकटकमा आफूलाई मन परेका कन्टेन्ट क्रिएटरलाई सिधै पैसा पठाउन सक्छन् ।
अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर रहेको छ । यसै सुविधालाई परिष्कृत गर्दै कम्पनीले ‘टिप्स’ फिचर ल्याएको हो । हाल यो फिचर विश्वका केही देशमा उपलब्ध भैसकेको छ । केही समयमै विश्वका सबै देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
फलोअर्स भिडियो लाइभमा बसेकाहरूलाई ५ डलर देखि माथि आफूले चाहेको रकम पठाउन सक्नेछन् । टिकटकले अनलाइन पेमेन्ट प्लेटफर्म स्ट्राइपसँग सहकार्य गरी यो फिचर ल्याएको जनाएको छ । कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखिनेछ । जसअन्तर्गत फलोअर्सहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।
यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नकाटिने जनाएको छ । १८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर्स भएका कन्टेन्ट क्रियटरलाई यो फिचर उपलब्ध हुनेछ । यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया