कप्तान भरतको पहिलो गोलमा आर्मीको पहिलो जित (फोटो फिचर)

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले आइतबार पहिलो जीत हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले ब्रिगेड ब्याइज क्लब (बीबीसी)लाई १–० ले पराजित ग¥यो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे ।
यसअघिका दुई खेलमा आर्मी विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबसँग बराबरीमा रोकिएको थियो । नयाँ सिजनको लिगमा आर्मीले पहिलो पटक तीन अंक बटुल्दा भरतले ८५ औँ मिनेटमा गोल गरे । मिडफिल्डर सन्तोष तामाङले दिएको लामो पासलाई भरतले बक्स बाहिरबाट सुन्दर गोलमा परिणत गरे । यसपालिको लिगमा भरतले गारेको यो पहिलो गोल हो ।
उता बीबीसीका लागि भने यो पहिलो हार हो । पहिलो खेलमा विभागीय टिम एपीएफ फुटबल क्लबलाई पराजित गरेको बीबीसीले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)सँग बराबरी खेलेको थियो । आर्मीसँग हारेसँगै बीबीसीको खातामा चार अंक छ र उ सातौँ स्थानमा झरेको छ । विजयी बनेको आर्मी भने पाँच अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_ytgtPL15KZ_wrbbczxopyfpjmrhlma4voqxabineeillj3kztzjsd8do4spvs0kcduhtc4x.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया