युट्युबमा यसरी हेर्नुहोस् लुकाइएको डिसलाइक

काठमाडौँ - प्रयोगकर्ताको व्यापक गुनासो पश्चात युट्युबले डिसलाइक संख्या हेर्न नमिल्ने बनाएको थियो । युट्युब भिडियोमा हुने गरेको डिसलाइक संख्यालाई लुकाएपछि भने प्रयोगकर्ताले डिसलाइक हेर्न मिलेको थिएन ।
मन नपरेको भिडियोलाई डिसलाइक गर्ने र यसले गर्दा क्रियटरलाई नकारात्मक असर गरेको भन्दै ‘डिसलाइक अट्याक’ ह्यारेसमेन्ट रोक्ने उद्देश्यले युट्युबले यो कदम चालेको थियो । यसको कारण कुन भिडियो लोकप्रिय वा अलोकप्रिय भयो भनेर जाँच्नको लागि मिलेको थिएन ।
भिडियो अपलोडकर्ताले भने डिसलाइक कति भयो भनेर हेर्न मिल्ने गरेको छ । एक डेभलपर्सले युट्यबले लुकाएको डिसलाइक बटन देखाउने एक्सटेन्सन बनाएका छन् । क्रोम वा फायरफक्स प्रयोगकर्ताले यो एक्सटेन्सन प्रयोग गरेर लुकाएको डिसलाइक बटन हेर्न मिल्ने एक्सटेन्सन बनाएका छन् ।
डिमिट्री सेलिभनोव नाम गरेका डेभलोपर्सले ओपनसोर्समा आधारित एकस्टेन्सन बनाएर युट्युबमा लुकाएको डिसलाइक बटन देखिने बनाएका हुन । गीटहवबाट सार्वजनिक गरेको उनको यो एक्सटेन्सन हाल ५० हजार भन्दा धेरै डाउनलोड भैसकेको छ ।
यस एक्सटेन्सन प्रयोग गरेर कुनै पनि भिडियोमा रहेको डिसलाइक संख्या हेर्न सकिन्छ । यसको लागि गुगल क्रोम र मोजिला फायर फक्स प्रयोगकर्ताले युट्युब डिसलाइक रिट्रन नाम गरेको एक्सटेन्सन इन्सटल गर्नुपर्ने हुन्छ ।
कसरी प्रयोग गर्ने यो एक्सटेन्सन?
यो एक्सटेन्सन प्रयोग गर्नका लागि क्रोम तथा फायरफक्स प्रयोगकर्ताले तलको उपायहरू अपनाउन सक्नुहुन्छ ।
१. सर्वप्रथम क्रोम वा फायरफक्स खोलेर 'रिटर्न युट्युब डिसलाइक गीटहव' सर्च गर्नुहोस् । त्यहाँ देखिने क्रोम एक्सटेन्सन टु रिटर्न युट्युब डिसलाइक भन्ने लिंकमा जानुहोस् ।
२. त्यहाँ देखिने रिटर्न युट्युब डिसलाइक डटकम मा जानुहोस् । तपाईंले त्यहाँ ब्राउजरले सपोर्ट गर्ने इन्स्टल गर्न मिल्ने एक्सटेन्सन देख्नुहुनेछ ।
३. त्यस एक्सटेन्सनलाई आफ्नो ब्राउजरमा एड गर्नुहोस् । एक्सटेन्सन इन्स्टल पश्चात युट्युबमा गएर कुनै भिडियो हेर्नुहोस् । पहिलै युट्यब खोलेर राख्नुभएको खण्डमा ब्राउजर रिफ्रेस गर्नुभएमा डिसलाइक संख्या र बटन देखा पर्नेछ ।
सुरक्षा चासो
यो एक्सटेन्सनले राम्रोसँग काम गर्नको लागि तपाईंले चलाएको युट्युबका केही डाटाहरू प्रयोग गर्छ । जस्तै तपाईंले स्ट्रीम गर्नुभएको भिडियो तथा आइडी आदी जस्ता डाटा प्रयोग गर्छ । अन्य डाटा भने संकलन नगर्ने यसका निर्माणकर्ताले ब्लगमार्फत जानकारी दिएका छन् । यसको प्रयोगकर्ता कति छन् भन्ने पनि हालसम्म तथ्यांक नरहको भन्दै यसले कुनैपनि प्रयोगकर्ताको निजी डाटा संकलन नगर्ने डेभलोपर्सले जानकारी दिएका छन् ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया