प्रधानमन्त्रीको कुर्सीमा बसेर देउवाले गुट बनाए : गुरुराज घिमिरे
काठमाडौँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले आफुमाथि सत्ताले हिंसा गरेको आरोप लगाएका छन् । कांग्रेसको प्रदेश १ अधिवेशनमा सभापति पदमा भएको चुनावमा दुई मतले पराजित भएका नेता घिमिरेले प्रदेश अधिवेशनमा डनवाद देखिएको आरोप लगाएका हुन् ।
मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलामा सहभागी हुन आएका घिमिरेले यस्तो आरोप लगाएका हुन । साथै उनले आफ्नो माग अनुसार फेरि मतगणना गर्न आलटाल भइरहेको पनि गुनासो गरे ।
‘मैले बारम्बार भनेको छु। अधिनायकवाद हो। लोकतान्त्रिक पार्टीको चरित्र हुदैन। निजि स्वार्थ पूरा गर्ने अस्त्र भएको छ,’ उनले भने, ‘ममाथि भएको हिंसा सयौँ साथीहरुमाथि पनि भएको छ । प्रधानमन्त्रीको कुर्सी गुट बनाउन बनाइएको होइन । सत्ता बेइमानी भयो । अहंकार धेरै देखियो ।’
प्रधानमन्त्रीको कुर्सीमा बसेर कांग्रेस सभापति शेरबहादुर देउवाले गुट बनाएको पनि उनले आरोप लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया