जबरजस्ती करणी मुद्दाका दोषीलाई पाँच वर्ष कैद
इलाम- इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो ।
यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो । रासस

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

प्रतिक्रिया